न्युरोडमा प्रहरीले गोली हानी मारेको राँगो काठमाडौं महानगरपालिकाले पुरेको छ।

धनी नआएपछि महानगरले मरेको राँगो खाल्डो खनेर पुरेको हो। स्वयम्भू क्षेत्रबाट मंगलबार बिहान सखारै फुत्केर भाग्दै राँगो कालिमाटीबाट न्युरोड पुग्दा प्रहरीले गोली हानेर मारेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मःम बनाउन तराईबाट ल्याइएको राँगो फुत्किएर उपध्रो मच्चाएपछि प्रहरीले गोली हानेर मारेको थियो। महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार धनी नआएपछि मरेको राँगो महानगरको जिम्मा लगाइएको थियो। महानगरले राँगो पुरिसकेको जनाएको छ।

सो राँगोले तीन जनालाई न्युरोडमा सामान्य घाइते बनाएको थियो। धनी नआएकाले त्यो राँगो कहाँबाट ल्याइएको थियो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।सेतोपाटी