मनसुन अन्त्य हुने समय लगभग सकिएको भएता पनि पछिल्लो केही दिनयता नेपालमा निरन्तर रूपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेको हुनाले दसैंसम्म नै मनसुन लम्बिने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन्!
श्रेष्ठले भने” मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको हुनाले अझै दुई साताजति मनसुन सक्रिय रहन्छ ।”
दसैँ सुरु हुन केहि दिन मात्र बाकी रहेकाले दसैँ को सुरु सम्म लगभग छिटपुट वर्षा हुने सम्भावना देखिएको छ !




