काठमाडौं – एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुनलाई बलिउड नायक वरुण धवनले भिडियो सन्देश पठाएका छन् । बलिउड नायिका कृति स्याननले समेत मुस्कानलाई भिडियो कल गरेकी छन् । कृति र वरुण मुस्कानका मनपर्ने नायक/नायिका हुन् ।

मुस्कानको अवस्थाबारे कृतिमार्फत थाहा पाएपछि वरुणले मुस्कानका लागि रेकर्ड गरेको भिडियो निर्देशक जुनैद मेमोनले ट्वीटरमा राखेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियोमा वरुणले मुस्कान छिट्टै निको भएर आफ्नो पढाइमा फर्किने विश्वास व्यक्त गरेका छन् । साथै उनले निको भएपछि आफूलाई भेट्न आउन आग्रह पनि गरेका छन् ।

हेर्नुहोस्, भिडियो :

https://twitter.com/JunaidFarmer/status/1176828262065901568

जुनैदका मनपर्ने गायक राजु लामाले उनलाई अस्पतालमै पुगेर भेटेका थिए । भेटमा राजुले 'तिमीलाई देखेर हिमाल हाँसेको ...' बोलको गीत समेत गाएका थिए । ९ कक्षामा अध्ययनरत १४ वर्षीया मुस्कानमाथि गत महिना वीरगञ्जमा एसिड प्रहार भएको थियो ।