असोज ९, २०७६
काठमाडौं – तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण अझै टुंगिएको छैन ।
दुवै पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता नटुंगिँदै नेकपा (माओवादी केन्द्र) ब्युतिएको छ ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दर्ता गरेका दलको सूचीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम समावेश छ ।
आयोगले माओवादी केन्द्रले चुनाव चिह्न ‘गोलाकार भित्रको हँसिया हथौडा’ नै दिएको छ । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रको पनि चुनाव चिह्न यहीँ थियो ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद गौतमका अनुसार नयाँ दर्ता भएको माओवादी केन्द्रको अध्यक्ष गोपाल किराँती रहेका छन् । ‘पार्टी एकीकरण भएर दलको अस्तित्व समाप्त भएको १ वर्षपछि सोही नाम र चिह्नबाट अर्काे दल दर्ता गर्न सकिने व्यवस्था ऐनमा छ,’ उनले भने ।लोकान्तर











