दमक/संघीय समाजबादी फोरमसंग जिल्ला तहमा एकताको प्रक्रियामा रहेको नयाँ शक्ति पार्टीमा झापा जिल्लामा भाँडभैलो सार्वजनिक भएको छ । एकीकरण भएर दीपेनवाला राइ अध्यक्ष घोषणा भइसकेको अवस्थामा नयाँ शक्ति पार्टीको एक समुहले एकीकरण नभएकोे जनाएको छ।

पत्रकार सम्मेलन गरी पार्टी समायोजन भनेर गरिएको प्रचारप्रति नयाँ शक्ति पार्टी नेपाल झापाको गम्भीर ध्यानाकर्षण भएको कार्यवाहक अध्यक्ष उदय गुरुङले बताएकाछन् । उनले यो आफुहरुलाइ मान्य नहुने समेत उल्लेख गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गुरुङ सहितको समुहले अध्यक्ष वीरबहादुर श्रेष्ठ र सचिव पुष्प पौडेललाइ कार्वाही गरिएको अवस्थामा उनिहरुले नै एकीकरणको भ्रम फैलाएको आरोप उनको छ ।  दुइपक्षबीच सामाजिक सञ्जालमा समेत एकले अर्कालाइ आरोप लगाउने कार्य भइरहेको देखिएको छ ।