विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर चलेको छ । आइतबार मात्रै धनुषा जिल्ला काँग्रेसका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेका छन् ।
धनुषा काँग्रेस क्षेत्र नम्बर २ का प्रभावशाली नेता एवं औरही गाउँपालिकाका डा रामदेव मिश्र काँग्रेस औरहीका सचिव दिनेश यादवलगायत छन् । उनीहरु आफ्ना शुभेच्छुक समर्थकसहित करिब दुई दर्जन एमालेमा प्रवेश गरेका हुन् ।
एमालेमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई प्रमुख अथिती एवं एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री यदुवंश झा, विशिष्ठ अतिथि केन्द्रीय बिभाग सद्स्य गंगाराम यादव, धनुषा एमाले अध्यक्ष राजकिशोर यादव लगाएतले स्वागत गरे ।



