दमक/ दमकका काशि खाती ब्यवसायीक होस् या सामाजिक क्षेत्र किन नहोस सुनिएको र चिनिएको नाम हो । हसिलो स्वभाव र मिजासिलो कार्यशैली उनको गुण हो ।
शैक्षिक तथा सहकारीको क्षेत्रमा पनि उनको सक्रियता रहेको छ र एउटा फरक पहिचान बोकेका ब्याक्तित्वको रुपमा उनले दमकमा परिचय बनाएकाछन् ।
त्यतिमात्र होइन धार्मिक क्षेत्रमा पनि उनको सक्रियता रहेको छ । राधा माधव समितिलाइ दमकमा स्थापित गराउन र तहसनहस पार्न लाग्दा जोगाउनेमा उनको पनि योगदान महत्वपुर्ण रहेको बताइन्छ ।
बहु आयमिक क्षेत्रमा उनको लगनशिलताले आज सामाजिक तथा ब्यवसायिक क्षेत्रमा राम्रो छबि बनाएका खाती सामाजिक कर्म आफ्नो प्राथमिकतामा रहेको बताउछन् ।
जन्मदा केहि ल्याइएको थिएन र मर्दा केहि लगिदैन भन्ने मलाइ थाहा छ, उनि भन्छन् ।
गरिव, असाय र अप्ठेरोमा परेकाहरुलाइ म जस्तो अवस्थामा पनि सहयोग गर्छु,उनि भन्छन् ।
लायन्स क्लव अफ दमक गोल्डका संस्थापक अध्यक्ष खातिले क्लव खोलेको छोटो समयमा नै डिस्ट्रिकमा राम्रो पहिचान बनाएकाछन् ।
क्लवको गरिमालाइ उच्चो बनाएकाछन् ।











