एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा लाइकको सङ्ख्या लुकाउन लागेको छ।

अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका लाइकको सङ्ख्या वा जनाइएका प्रतिक्रिया हेर्न पाउने छैनन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा शुरू गरिएको थियो।

प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकको सङ्ख्या घटाउन चाहेको फेसबुकको भनाइ छ।

आफ्ना पोस्टमा चाहिँ गरिएका लाइकको सङ्ख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, ‘लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको सङ्ख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले सङ्ख्याको कुरा हामीले हटाउन लागेका हौँ।’

विभिन्न एपले फेसबुकलाई तपाईँको ‘यौन जीवनका जानकारी दिएका हुन सक्छन्’

यो परिवर्तनबारे आफूहरूले मानसिक स्वास्थ्यविज्ञ तथा एन्टिबुलिङ अर्थात् अर्कालाई होच्याउने कामविरुद्धका समूहहरूसँग छलफल गरेको गार्लिकले बताइन्।

यसै महिनाको शुरूतिर हङ्‍कङकी एकजना इन्जिनियरले आफ्नो ब्लगमा भनेकी थिइन्, उनले फेसबुकको एन्ड्रोइड एफमा आफूले एक प्रकारको कोड फेला पारेको बताएकी थिइन् जसअनुसार फेसबुकले ुलाइकुको सङ्ख्या हटाउने परीक्षण गरिरहेको थियो।

तर त्यति बेला फेसबुकले त्यसबारे प्रतिक्रिया दिन मानेन।

अस्ट्रेलिया, न्यूजिल्याण्ड, ब्राजिल, क्यानडा, जापान र आयरल्याण्डमा परीक्षण गरिरहेको इन्स्टाग्रामले त्यसबारे अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन।

लाइकको सङ्ख्या व्यापारिक प्रवर्द्धनका लागि महत्त्वपूर्ण पाटो भएको भन्दै कतिपय प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ताले परिवर्तन ल्याउने कदमको आलोचना गरे।

तर यो परिवर्तनसम्बन्धी परीक्षणको समय बढाइने वा त्यसलाई स्थायी बनाइने विषयमा उसले केही बताएको छैन।