झापा दमकको गणतन्त्र चौक तथा कमल गाँउपालिकाको बिभिन्न चौकहरु काँग्रेसका झण्डामय बनेकाछन् । मूख्य चौक तथा बजार र सडक किनारमा झण्डा गाड्नका लागि पार्टीका केन्द्रिय नेतादेखि लिएर स्थानीय कार्यकर्ताहरु लागेकाछन् । भोली बैशाख ५ गते झापाको कमल गाँउपालिका स्थित आदिबासी रंगशालामा हुने काँग्रेसको प्रदेशस्तरीय बृहत आमसभालाइ लक्षित गरेर प्रचारप्रसारका लागि चोकचोकलाइ पार्टीले झण्डामय बनाएको हो । दमकको गणतन्त्र चौकलाइ झण्डामय बनाउनका लागि महासमिति सदस्य शेरबहादुर भट्टराइ, घनेन्द्र सुब्बा, नेता रोशन गौतम, काँग्रेसका दमक नगर सभापति रोशन बिष्ठ, सह सचिब दीपेश दाहाल लगायत आफै लागेका थिए ।