गृहमन्त्री रामबहादुर थापा बादल सवार हेलिकप्टर रामेछापमा आकस्मिक अवतरण गरिएको छ।
जनकपुरका लागि त्रिभुवन विमानस्थल काठमाडौंबाट शनिबार उडेको हेलिकप्टर मौसम प्रतिकूल भएपछि रामेछापको मन्थली विमानस्थलमा अवतरण गराइएको हो।
रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार गृहमन्त्रीसहित हेलिकोप्टरमा सवार भएकाहरू दुई घण्टा रामेछाप विमानस्थल बसेका थिए।
‘मौसम खराब भएपछि यहाँ अवतरण गरिएको हो। दुई घण्टापछि मौसम सुधार आयो उहाँहरू गन्तव्यतिर उडिसक्नुभयो,’ प्रजिअ पाण्डेले सेतोपाटीसँग भनिन्।
प्रदेश नम्बर २ को सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राईलगायतको टोली नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमा जनकपुरतर्फ जाँदै थिए।सेतोपाटी










