एजेन्सी / के तपाईँ आफ्नो भाग्य चम्काउन चाहनुहुन्छ? यदि वास्तवमै चाहनुहुन्छ भने अपनाउनुहोस् यी तरिका जसले तपाइको भाग्य चम्काउनका साथसाथै तपाइको फलिफाप पनि हुनेछ । आउनुहोस् चर्चा गरौँ भाग्य चम्काउने तरिकाबारे ।

प्याजी रङ्ग : यदि तपाईँ आफ्नो घरमा प्याजी रङ्ग लगाउनु हुन्छ भने यसले तपाइको धन आकर्षण गर्छ । र सोही रंगका बोटबिरुवाहरू घरमा रोपेमा तपाईँलाई धनको कमी कहिले हुने छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सडकभन्दा अग्लो जमिन : यो कुरामा ध्यान दिनुहोस् कि घर बनाउनका लागि जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक सङ्कट आउन सक्छ ।

दक्षिण पश्चिममा अग्ला रुख यदि तपाईँ आफ्नो घरमा ल्याउन चाहनुहुन्छ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुहोस् । जसलाई लगाउनाले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा सङ्कटलाई पनि ढिम्किन दिँदैनन् ।

घरको बिच भाग खालि राख्ने : घरको बिचको भाग सधैँ खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्म स्थान मानिन्छ ।

मुख्यद्वारको सजावट : यदि तपाईँ स्वयंको घरमा समृद्धि ल्याउन चाहनुहुन्छ भने घरको मुख्यद्वारलाई राम्ररी सजाउनुहोस् । जसले गर्दा तपाइको घर आकर्षण देखिनेछ।

झ्याल ढोकाको सफाइ : सधैँ आफ्नो घरको ढोका र झ्याललाई सफा राख्नुहोस् । किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ । यी कुरा फोहर हुँदा धनप्राप्तिमा पनि बाधा पुग्ने गर्छ ।