दमक पब्लिक लाइब्रेरी युथ टिमको कम्युनिटी आउटरिच कार्यक्रमको पहिलो च्याप्टर शिवसताक्षी-१, फूलबारी चौकमा स्थित सिकिया सामुदायिक लार्इब्रेरीमा सम्पन्न भएको छ। प्रत्येक महिनाको दोस्रो शनिवार कार्यक्रम अन्तर्गत असोज ११ गते युथ टिमको १५ जनाको एक टोली सिकिय लार्इब्रेरी प्रस्तान् गरेको थियो। पठन संस्कृतिलाई थप टेवा पुर्याउन को निम्ति साथै लाईब्रेरेरी पुस्तक पढ्ने मात्र ठाउँ भन्ने साँघुरो घेरालाई तोडेर कुनै पनि सामुदायमा गएर विभिन्न सम सामहिक तथा ऐतिहासिक गतिविधि अवोलोकन गरेर त्यसको सकरात्मकता लाई आफ्नो समुदायमा रुपन्तरण गर्ने उद्देश्य बोकेको उक्त विचार विनिमय कार्यक्रम करिब डेढ घण्टाको रहेको थियो।

कार्यक्रममा सिकीय लार्इब्रीरीको तर्फ बाट यसै पुस्ताकलयका अध्यक्ष अभिषेक नेम्वाङले सम्पूर्णलाई स्वागत गर्दै उक्त लाइब्रेरी दमक पब्लिक लाइब्रेरीमा जोडिएको प्रतिफल स्वरूप जन्मिएको भन्दै दमक पब्लिक लाईब्रेरी संस्थापक अध्यक्ष भेषराज न्यौपानेलाई धन्यावाद दिए । सिकीया सामुदायिक पुस्तकालय सक्रिय रुपमा अगी बढ्दै आएको जानकारी समेत उनले गराए। उनले सीकिया पुस्ताकलयको नामाकरण देखि लिएर यसले गर्दै आएको क्रियाकलापहरु बारे जानकारी दिए। परिचयात्मक शैलीबाट प्रारम्भ भएको कार्यक्रम दमक पब्लिक लाईवरेरी युथ टीम सचिव आशिष न्यौपानेले उधघोषण गरेका थिए भने युथ टीम सदस्य तथा कार्यक्रम सह- संयोजक दिवाकर गुरुङले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा दुबै लाईबरेरीको बारेमा तथा भिविन्न समसामयिक विषयवस्तुको बारेमा गम्विर छलफल दुबै तर्फका युवा बीच भएको थियो। दमक पब्लिक लाईब्रेटीमा बाल क्लब समेत रहेको जानकारी गराउँदै उक्त वाल क्लबले गर्दै आएको कार्यक्रम बारे बाल क्लब सदस्य धीरज पौड्यालले मन्तव्य राखे। दमक पब्लिक लार्इब्रेरी युथ टिम अध्यक्ष विनोद उप्रेतीले युथ टिमले गर्दै आएको कार्यक्रम बारे जानकारी गराउँदै विभिन्न पठन संस्कृति तथा समसामयिक विषयमा आफ्ना भनाईहरु राखे। उनले लार्इब्रेरिको महत्व सबैले बुझ्न आवश्यक रहेको र सम्पूर्ण युवालाई यो सकरात्मक कार्यलाई थप प्रभावकारी बनाउन सबै मिलेर अगी बढ्न आग्रह गरे।