मोरङ/ मोरङको बिराटनगर-१३ झमेली चोकबाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
CRV जतुवाबाट खटिएको प्रहरी टोलीले शनिवार राती ११ बजे उक्त चोकमा पैदल हिडिरहेका धरान उप-महानगरपालिका-८ का ४६ बर्षीय पुर्ण बहादुर तामाङ र धरान ११ का ४१ बर्षीय सुवास राईलाई चेकजाँच गर्दा उनीहरुको साथबाट डाइजोल्याप ११० एम्पुल, लुपिजेसिक ११० एम्पुल र एभिल ११० एम्पुल बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।










