झापाको दमकमा स्थानीय तहको निर्वाचनको रौनक माओबादी केन्द्रले ल्याएको छ । उसले प्रत्येक वडामा आक्रमक र सबैखाले प्रचारशैली अपनाएको छ । दमकको वडा नंं ६ मा निर्वाचनको प्रचारप्रसारलाइ तिब्र बनाइएको माओबादी केन्द्रका नगर सह संयोजक बेदु गौतमले बताए । आफ्नो पार्टीको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनाइएका मेयरमान लिंगदेन सहितको टोलीले पहिलो चरणको घरदैलो कार्यक्रम सकेर अब दोश्रो चरण शुरु गरेको गौतमले बताए । अब एक घर एक झण्डा एक पोष्टर अभियान चलाइने उनले बताए । नयाँ शब्जि बजारमा सोमबार सास्कृतिक कार्यक्रम सहित भोट मागेकाछन् ।