प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोपको खण्डन गरेका छन् ।
संसद सचिवालयकम काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफुलाई जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएपछि महरा विवादमा परेका हुन् । महराले महिला कर्मचारीको कोठामै पुगी मदिरा पिएर उनीमाथि जबरजस्ती करणी गरेको समाचार हाम्राकुरा डटकमले सार्वजनिक गरेको हो। तर, सभामुख महराले ती महिलाले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै उक्त समाचारको खण्डन गरेका छन् ।











