काठमाडौं/ सरकारले सबै प्रदेशमा परराष्ट्र प्रतिनिधि पठाएको छ । प्रदेश सरकारको कूटनीतिक भेटघाट व्यवस्थित बनाउन र अभिलेख राख्न परराष्ट्रका प्रतिनिधिको व्यवस्था गरिएको हो ।

परराष्ट्र सचिव शंकरदास बैरागीले सातै प्रदेशमा मन्त्रालयका प्रतिनिधि पोस्टिङ भइसकेको जानकारी दिए । ती प्रतिनिधिले प्रदेश प्रमुख कार्यालय मातहत रहेर काम गर्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुरुमा मुख्यमन्त्री कार्यालय मातहत राखेर काम गराउने सरकारी तयारी थियो । ‘उहाँहरुले प्रदेशमा जहाँ रहे पनि मुख्यमन्त्री र प्रदेश प्रमुखको कूटनीतिक मामिला समन्वय गर्ने हो । यसमा विवाद गर्नुपर्ने देख्दिनँ,’ सचिव वैरागीले भने, ‘प्रदेशमा रहेर काम गरे पनि उहाँहरु परराष्ट्रमार्फत क्रियाशील हुनुहुन्छ ।’

कूटनीतिक सेवाको अधिकृतमा नाम निकालेका सात जनालाई प्रशिक्षण दिएर प्रदेशमा पहिलो जिम्मेवारी दिएर पठाइएको छ । अन्नपूर्ण पोष्टबाट