भद्रपुर । यात्रु वाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका ५ बस्ने ४२ वर्षीय शुक्रराज लिम्बु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत कनकाई नगरपालिका ८ स्थित बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प २३७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ६६७ नम्बरको यात्रु वाहक बसले सोमबार साढे ९ बजे ठक्कर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक लिम्बुलाई अस्पताल लैजाने क्रममा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । यता प्रहरीले बस र बस चालक काभ्रे जिल्ला बनेपा नगरपालिका ११ बस्ने ३२ वर्षीय श्याम खड्कालाई नियन्त्रणमा लिएको छ ।