५ वैशाख । फाकफोकथुम गाउँपालिका–२ का रूद्रबहादुर थापाले गाउँमै व्यावसायिक गाईपालन सुरु गर्नुभएको छ ।

थापाले मिलन गाईफार्म दर्ता गरेर रु १२ लाखको लागतमा गाईपालन व्यवसाय थाल्नुभएको हो । पाँच माउ गाईबाट व्यवसाय थाल्नुभएका उहाँले यसअघि डेरी उद्योग सञ्चालन गर्नुभएको थियो ।

उहाँले रु एक लाखका दरले गाई खरिद गर्नुभएको हो । होलिस्टिन जातका गाईले दैनिक १२ देखि १५ लिटरसम्म दूध दिने गरेका छन् । विसं २०६० देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गर्नुभएका थापाले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक ३५० लिटर दूध प्रशोधन गर्नुहुन्छ ।

गाईभैँसीलाई कुँडो, खोलेपानी, घाँस पराल गर्ने कामदारलाई उहाँले मासिक रु १५ हजार पारिश्रमिक दिनुभएको छ । “विदेशमा कमाइने पैसा यही आर्जन गर्न सकिन्छ,” उहाँले भन्नुभयो । उहाँको डेरी उद्योगबाट उत्पादित घ्यू, छुर्पी झापाको बिर्तामोडमा बिक्री हुन्छ । यहाँको छुर्पी कुकुरको आहाराका लागि अमेरिकासम्म पुग्न थालेको छ । गाउँबाटै छुर्पी प्रतिकिलो रु ८०० र घ्यू रु ५०० मा बिक्री हुन्छ ।

पछिल्लो समय यहाँको गाउँ गाउँमा डेरी उद्योग सञ्चालनमा आएका छन् । फाकफोकथुम–२ का किशोर शर्माले पाँच माउ गाईपालनसँगै डेरी उद्योग सञ्चालन गरिरहनुभएको हो । दुई वर्षदेखि व्यवसाय सञ्चालन गरिरहनुभएका शर्मा गाउँमै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । मासिक रु २० हजारदेखि रु २५ हजारसम्म आम्दानी हुने गरेको शर्मा बताउनुहुन्छ ।

जिल्ला पशुसेवा कार्यालयले व्यवसाय सञ्चालन गर्न युवाका लागि अनुदानको व्यवस्था गरेको छ । जिल्लामा दैनिक ५० हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah