दमक/ झापा दमकका युवा व्यवसायी दीपक फुयाँलले आज देखी झापाको दमकमा नयाँ ब्यवस्थापनका साथ होटल अन्नपुर्ण एण्ड गेष्ट हाउस सञ्चालनमा ल्याएका छन् ।

यहाँ मुख्य रुपमा फिस मम पाइने र हाँस, लोकल कुखुरा लगायतको मासु समेत स्पेशल बनाइने जनाईएको छ । मंगलबार विहान दमक–५ मंगलदीप मार्केटको उत्तरमा रहेको गेष्ट हाउसको उद्घाटन होटल व्यवसायी संघ माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष एबम् पर्यटन व्यवसायी राजन दंगाल र दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य असिम राइले गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फुँयालले पर्यटनबर्षलाइ लक्षित गरेर भिन्न सोचका साथ फरक परिकारको स्वाद आन्तरिक तथा बाह्य पर्यटकलाइ चखाउन आफु लागिपर्ने बताए । उनले एकपटक आएर सेवा गर्ने मौका दिन पनि आग्रह गरे । दमकमा स्ट्रार होटल, मःम हाउस, वाराही होटल एण्ड लज चलाएर यस क्षेत्रमा फुयालले आधा दशकदेखि क्रियाशिल रहदै आएकाछन् । होटल तथा रेष्टुरेन्टका साथै डिलक्स एसी र नर्मल रुमहरु यहाँ रहेको बताईएको छ।