५ वैशाख । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने औपचारिक भारत भ्रमणमा गएकै दिन उनलाई भारतीय पक्षबाट अपमान भएका समाचारहरु आइरहेका बेला दोस्रो दिन भने उनको सम्मानमा भारतले ‘गार्ड अफ अनर’ कार्यक्रम राखेको छ ।
भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेर केही सकारात्मक सन्देश दिएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले पनि ‘घनिष्ठ छिमेकिलाई विशेष सम्मान’ भनेका छन् ।
फोरकोर्टमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेर भ्रमणको पहिलो दिन गरेको अपमानलाई केही हदसम्म भए पनि मेटाउने प्रयास गरेका छन् ।
राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’ पछि केही खुशी देखिएकी राष्टपति भण्डारीले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरिन्।



