काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिएर हिडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुन लिएर हिडेका नवलपरासीका ४० वर्षीय ध्रुवबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियार पक्राउ परेका हुन् । उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले चाबहिलबाट मंगलबार साँझ पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी नायव उपरीक्षक छेदुलाल कामतीले विमानस्थलबाट सुन लिएर हिडिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । ‘विमानस्थलबाट पास भएर चाबहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौं’ उहाँले भन्नुभयो ।

प्रहरीले उनीहरुबाट १६ तोला १४ लाल सुन बरामद गरेको छ । उल्लेखित सुनको १२ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।