झापा/ करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका –५ निवासी ४० वर्षीय चिन्टु माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गत मंगलवार राति घर नजिकै खाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी चिप्लिएर लडेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लडेर गम्भीर घाइते भएका माझीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल दमक लगिएपनि उनको उपचारको क्रममा वुधवार राति निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।