बिष्णुप्रसाद पोखरेल

दमक/नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित शिर्षस्थ नेताहरुले कमल गाँउपालिकाको साविक लखनपुर १     मा रहेका आदिबासी रंगशालाको नाम परिवर्तन नहुने र गर्न नदिने बताएकाछन् । यहि बिषयमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत कटाक्ष गर्दै उनि बिरुद्ध तिखो प्रहार समेत देउवाले गरेकाछन् ।

आदिबासी रंगशालाको नाम परिवर्तन गरेर आफूलाइ छोटा ब्याक्तिको रुपमा ओलीले चित्रित गरेको आरोप देउवाले बताए । उनले भने–‘केपी ओली त ठूला मान्छे सम्झेको यस्तो सानो कुरामा किन यशो गरेका होलान भन्ने लाग्दैछ ।’ काँग्रेसले यसलाइ मदन भण्डारी स्टूडियम बनाउन र बन्न नदिने भन्दै आदिबासी रंगशाला आदिबासी रंगशालाको रुपमा नै रहने उनले जनाए ।

काँग्रेस नेता तथा उपप्रधान एवं गृहमन्त्री बिमलनिन्द्र निधिले पनि यो रंगशालाको नाम परिवर्तन नहुने बताउदै यो आफूहरुका लागि मान्य नहुने बताए । आफूहरु सबैको पार्टी भएकाले सबैका बिचार र भावानाको कदर गर्ने बताउदै आदिबासीहरुको बिषय जोडिएको यस रंगशालालाइ आदिबासी रंगशालाकै रुपमा बिकास गर्दैै लैजाने बताए ।

काँग्रेस नेता तथा साँसद भीष्मराज आङ्दम्बे ओलीप्रति धेरै आक्रोशित भए । उनले आदिबासीको चिहानमाथि बनेको रंगशाला आदिबासी रंगशाला नै भएको भन्दै यसलाइ फेर्ने दुष्सास नगर्न चेतावनी दिए । यो रंगशालाको पहिचान र आदिबासीको भावानालाइ बुझेर नै यहाँ कार्यक्रम गरेको पनि उनले खुलाए ।

यो रंगशालाको बिषयमा बिबाद हुदाँ काम अहिले ठप्प अवस्थामा जस्तो रहेको छ । आदिबासी रंगशालाको नाममा काम भइरहेको अवस्थामा दूइ बर्षअघिदेखि यसलाइ अन्तराष्ट्रिय स्तरका मदन भण्डारी स्टूडियम बनाउने बताइएपछि नामको बिषयमा बिबाद रहदै आएको छ । काँग्रेसले स्पष्ट रुपमा अब यो आदिबासी रंगशाला नै रहने बताएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah