दमक/ दमक नगरपालिकाले वडादशैं, तिहार, नेपाल सम्वत ११४० र छठ लगायत महत्वपूर्ण पर्वहरुको अवसरमा आज ( बिहिबार) आफ्नै सभाकक्षमा पत्रकारहरुलाई बोलाएर शुभकामना प्रदान गरेको छ ।
नगरपालिकाको बोर्ड बैठकको निर्णय अनुसार यस बर्ष पत्रकारहरुलाई बोलाएर शुभकामना आदनप्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बताए ।
कार्यक्रममा दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख गीता अधिकारीले नगरपालिका पत्रकारीताको हित र विकासका निम्ती प्रतिबद्ध रहेको बताउँदै सबै चाडपर्वहरुको अवसरमा सञ्चार क्षेत्रमा थप उन्नती र प्रगतिका लागि शुभेच्छा प्रकट गरिन् । नगरपालिकाले सबै नगरबासीहरुप्रति समेत शुभकामना व्यक्त गरेको छ ।










