काठमाडौं /प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन् ।

ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुदृढ, विश्वसनीय र उचाइमा पुगेको दाबी गरे ।

‘हामी कोहीसँग झुक्दैनौँ, कतै ढल्कँदैनौँ,’ प्रधानमन्त्री ओलीले बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग भने ।  अन्नपूर्ण पोस्ट्