दमक/दमक उद्योग बाणिज्य संघको राहत कोषको बिषयमा निर्वाचनको समयमा निक्कै जोडतोडका साथ उठ्यो । पक्ष र विपक्षमा धेरै बहसहरु भए । यद्यपी यसलाइ धेरैले राम्रो काम भनेकाछन् ।
यहि राहतकोषबाट पीडित परिवारका लागि राहत पुगेर शुक्रबार दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ सहित संघको टोली पीडितको घरको पुग्यो ।
संघका साधारण सदस्य ज्ञानेन्द्र सापकोटाका बुबा लोकनाथ सापकोटोको निधन भएकोमा यस संघका तर्फबाट व्यवसायिक हितकोषको रकम लिएर समवेदन प्रकट गर्न श्रेष्ठ सहितको टोली पुगेको हो ।










