एक गाउँमा जमिन्दारकी छोरी थिई । ऊ एकजना पूजारीको पुत्रसँग प्रेममा थिई । युवक निकै भलाद्मी थियो । धन नभएपनि मन भएको थियो ।

युवती चतुर थिई । उसले युवकलाई आफू अनुकूल चलाउँथी । युवकसँग भागेर गई । उनीहरु भागेर गाउँको पाटीमा बसिरहेका थिए । दुवैबीच प्रेमालाप हुँदै थियो । एक्कासी चार जना चोर पाटीमा पसे । युवक र युवती त्रसित भए । चोरहरुको हातमा धनको पोको थियो युवतीको आँखा त्यसमा गइसकेको थियो ।

एकैछिनमा गाउँलेको आवाज आयो । उनीहरु चोरलाई पछ्याउँदै आएका रहेछन् । गाउँलेले लखेटेका चारजना चोर थिए । तर, त्यहाँ छ जना देखे ।

गाउँलेले तिनीहरुमध्ये एकजना युवतीको श्रीमान् भन्ठाने ।

उनीहरुले सोधे- तेरो श्रीमान कुन हो ?

युवतीको मनमा पाप पलायो । उसले धनको पोको बोकेको खाइलाग्दो चोरतर्फ देखाई । पूजारीको छोरोले होइन पनि भन्न पाएन । गाउँलेले बेस्सरी कुटे ।

युवती चोरलाई साथमा लिएर बाटो लागी । बीच जंगलमा नदी थियो ।

चोरले भन्यो- यहाँ धेरै धन छ, यसलाई पारी राखेर तिमीलाई लिन आउँछु । युवतीले हवस् भनी ।

चोर नदी तरेर गयो । पारी तरेपछि उ फर्किएन । युवतीले बोलाइरही । पारी पुगेपछि चोरले भन्यो- तिमीले यो धनका लागि श्रीमान त्याग्यौ भने यही धनका लागि मलाई पनि मार्न सक्छ्यौ । यति भन्दै चोर भाग्यो । धनको लोभ गर्दा युवती यता न उताकी भई । उसले सोझो युवकलाई छोडेर धनका लागि चोर रोज्दा धोका पाई ।रिपोर्टर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah