येले तङ्बे ५०८५ तथा कक्फेवा तङनामको अवसरमा किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले यसवर्ष पनि ताम्भुङचा थिम्बे बनभोज कार्यक्रम आयोजना गरेको छ ।
इलामको चुलाचुली -५ चपेटीस्थित बनभोजस्थलमा शुक्रवार कक्फेवा तङनामको शुभकामना आदानप्रदान तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरि भव्य रुपले मनाईएको चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले बताए ।
दमकका लिम्बू याक्थुङबाहरुको बाक्लो उपस्थिति रहेको थियो भने चुम्लुङ संघीय सदस्यहरु, प्रदेश समिति, झापा जिल्ला समिति लगायतको विशेष उपस्थिति रहेको थियो ।
ताम्भुङचा कार्यक्रममा धान नाँच, ख्याली, हाक्पारे, पःलुङ, डोरी तान्ने लगायत विविध सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको ताम्भुङ्चा थिम्बे कार्यक्रमका संयोजक चन्द्रबहादुर कन्दङवाले बताए । उनका अनुसार चुम्लुङ दमकले गएको तीन वर्षदेखि बार्षिक रुपमा कक्फेवा तङनामको अवसर पारेर ताम्भुङ्चा थिम्बे भव्य रुपले मनाउदैआएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv