झापाको मेचीनगरकी उपमेयर मीना पोखरेल (उप्रेती)ले लिङ्गेपिङको उद्घाटन गर्न सशक्त प्रहरी बलको टोली नै लिएर पुगेकी छिन्।
मेचीनगरस्थित सालघारी (राधाकृष्ण मन्दिर)मा निर्मित लिङ्गेपिङ उद्घाटन गर्न उपमेयर उप्रेती पुगेकी हुन्। सशस्त्रको काँकरभिट्टास्थित भन्सार सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी टोली पनि पिङ उद्घाटनमा पुगेको थियो।
पिङ निर्माणमा पनि सशस्त्र प्रहरी टोलीले सहयोग गरेको थियो। उपमेयरले पिङ उद्घाटन गरेको विषय आलोचित पनि भएको छ।
‘मेचीनगरकी उपमेयरद्वारा लिङ्गेपिङ उद्घाटन। के–के देख्नुपर्छ यो देशाँ। हैट!,’ पत्रकार पर्वत पोर्तेलले लेखेका छन्।
उप्रेती तत्कालीन एमालेबाट उपमेयरमा निर्वाचित भएकी हुन्। नगर प्रमुख बिमल आचार्य नेपाली कांग्रेसका नेता हुन्।










