#

झापाको शिवसताक्षी नगरपालिकामा घरमा आगलागी

  सवाल नेपाल   २०७६ आश्विन २२, बुधबार २०:०४ मा प्रकासित

दुधे। झापाको शिवसताक्षी नगरपालिकामा दुई तले घरमा आगलागी भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ९ संगम चौक स्थित पदमलाल काफ्लेको काठको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा भएका सबै धनमाल नष्ट भएको इलाका प्रहरी झिलझिले जनाएको छ । बुधबार दिउँसो आगलागी भएको हो ।

घटना पछि दमक नगरपालिका र विर्तामोड नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा आगो नियनत्रणमा ल्याईएको थियो । विजुलीको मिटरबक्स बाट आगो लागेको अनुमान हुनसक्ने स्थानियले बताएका छन छ । आगलागीबाट करिब १६ लाखको क्षति भएको अनुमान गरएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु