झापा । झापा जिल्लामा जंगली चितुवा आतंक अझै रोकिएको छैन । चाडपर्वको बेला झापाको मेचीनगरमा चितुवा आतंक बढेपछि स्थानीय त्रसिद बनेका छन । केहि दिनदेखि मेचीनगर नगरपालिका ७ स्थित राज टि स्टेट आसपासको बस्तीमा चितुवा देखा पर्न थालेपछि स्थानीय त्रसिद बनेका हुन ।

चितुवाले बुधवार राती टी स्टेटमा पालेको ४० केजीको खसी खाइ दिएका छन । यसअघि पनि चितुवाले टि स्टेट आसपासका बस्तीमा स्थानीयले पालेका घरपालुवा जनावरहरु सुँगुर, बाख्रा, खसी मारिसकेको स्थानीय बताउँछन । अहिले सम्म चितुवाले मानविय क्षति गरेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड