विवेकशील नेपाली दलले आगामी उपनिर्वाचन लाई लक्षित गरि पुर्वको सुन्दर शहर धरान बाट नौलो अभियान शुरु गरेको छ। उक्त पार्टी वैकल्पिक राजनीतिको आवश्यकता को बहस सुरु गर्ने पार्टी हो। नेपाल खुल्ला छ अभियान मार्फत नागरिक लाई सास्ती दिने बन्दको विरुद्ध आवाज उठाउन शुरु गर्ने उक्त पार्टीले गत स्थानीय चुनावमा काठमाडौमा २१ बर्षिय युवती रन्जु दर्शना मेयरको उम्मेदवारको रुपमा अघि सारेर २३ हजार भन्दा बढी मत ल्याउन सफल भएको थियो।

उपनिर्वाचनको सरगर्मी चुलिदै गर्दा पुर्वकै गरिमामय शहर धरानमा विवेकशील नेपाली दलले पनि दरिलो उम्मेदवार उठाउने योजना गरिरहेको बुझ्न सकिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

"धरानका नागरिक हरुको सपनाको धरान कस्तो हुनसक्छ भनी सुझाव संकलन शुरु गरिएको छ, वास्तवमा नागरिक हरुको आवश्यकता र चाहना लाई मध्यनजर गर्दै विज्ञ हरुको सहयोगमा दुरदर्शि भएर कुनै पनि शहरको रुपरेखा कोरिनुपर्ने हाम्रो मान्यता रहेकोले यो अभियान शुरु गरिएको हो। हामिलाइ अन्लाईन सुझाव दिन चाहने हरुले विवेकशील नेपाली दल धरान नामक फेसबुक पेजमा पनि सन्देश छोड्न सक्नुहुनेछ या bibeksheelnepali.org मा इमेल पनि गर्न सक्नुहुनेछ " - विवेकशील नेपाली दल धरानका तदर्थ संयोजक एकराज थापाले बताए।

हाललाई धरानका केही व्यस्त स्थानमा (Happy Green Mart बुद्ध चोक , र भिजन अप्टिकल एंड आइकेयर सेन्टर धरान महेन्द्रपथ एनसेल सेन्टर अगाडी) सुझाव संकलन पेटिका राखी नागरिकको सपना संकलन गर्ने काम शुरु भएको र केही समयमै अन्य स्थानमा पनि राख्ने जानकारीमा आएको छ। यस अभियानले अन्य दललाई पनि नागरिकको भावना बुझ्ने अभ्यास शुरु गर्न पक्कै प्रेरित गर्नेछ।