काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्टपति सी चिनफिङले आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपां)का नेताहरुसँग भेटवार्ता गर्दैछन् । उनले नेकपाका नेतााहरुसँग सामुहिक भेटवार्ता गर्न भएका हुन् ।
भेट आज बिहान साढे दस बजे हुँदैछ । भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित रहने सचिवालयले जनाएको छ ।
सत्तासिन पार्टीसँग हुने यो शिष्टाचार भेट हो । सबै सचिवालय सदस्यसँग सामूहिक भेट तय भएको नेकपालका एक नेताले बताएका छन् ।
राष्ट्रपति सीसँग पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भने छुट्टै भेटघाट गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
सचिवालयका नेतासँगको सामूहिक भेटपछि प्रचण्डले भेट्नेछन् । तत्पश्चात प्रधानमन्त्री केपी ओलीसँग सीको भेटवार्ता हुनेछ । शिष्टाचार भेटपछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भने सीले शनिबारै भेटवार्ता गरेका छन् । दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका सी आजै मध्याह्न स्वदेश फर्कनेछन् । आजै दुई देशबीच महत्त्वपूर्ण समझदारीमा हस्ताक्षर हुनेछ ।










