काठमाडौं/ दुई दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ टोलीसहीत चीन प्रस्थान गरेका छन् । उनी आज(आइतबार) २ : २५ बजे चीन प्रस्थान गरेका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदाई गरेकी छिन् । सीलाई भण्डारीले भव्य रुपमा विदाइ गरेकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चिनियाँ राष्ट्रपति सी हिजो शनिबार ४ : ४७ बजे नेपाल आएका थिए । उनलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन् भने विदाइ पनि उनैले गरेकी हुन् ।

सीले नेपालमा रहँदा विभिन्न १७ वटा सम्झौतामा हस्ताक्षर गरेका छन् । काठमाडौं केरुङ रेलमार्ग, कोरला मार्ग, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय लगायत विभिन्न विषयका सम्झौतामा हस्ताक्षर भएका छन् ।