काठमाडौं / नेपाल र चीनबीच २० वटा विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल–चीन हिमालयपार रेलवेको सम्भाव्यता अध्ययनलगायतका विभिन्न समझदारी नेपाल र चीनबीच भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्ता छन  समझदारीहरू:

१.सुशासन क्षमता विकासमा आदानप्रदान तथा सहयोग सम्बन्धी समझदारी

२. सीमा व्यवस्थापन प्रणाली

३. फौजदारी मामिलामा पारस्परिक कानूनी सहायतासम्बन्धी सन्धि

४. सगरमाथा संरक्षण सहकार्यसम्बन्धी समझदारी

५. छङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापनासम्बन्धी नोट आदानप्रदान

६.नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका महत्त्वपूर्ण परियोजनाको प्रवर्द्धन तथा सहकार्य उत्पादनमूलक क्षमता विकास

७. नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल सीमापार रेलवे परियोजनासम्बन्धी समझदारी

८. कठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध स्थापना

९. बुटवल र शियान शहरबीच भगिनी सम्बन्ध स्थापना

१०.नेपालको महान्यायाधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेरबीच सहकार्यको समझदारी पत्र

११. नेपालको गृह मन्त्रालय र चीनको विपत् व्यवस्थापन मन्त्रालयबीच विपत् जोखिम न्यूनीकरण तथा आपतकालीन सहयोगसम्बन्धी समझदारी

१२. नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्परागत औषधिसम्बन्धी राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिसम्बन्धी समझदारी

१३. नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्सिटच्युट मुख्यालयबीच त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सहमति

१४. नेपालको कृषि मन्त्रालय र चीनको भन्सार विभागबीच अमिलो फलफूलको गुणस्तर मापनसम्बन्धी प्रोटोकल

१५. नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहकार्य कार्यदल गठनको समझदारी

१६. चीनको सहयोगमा नेपालमा भइरहेको भूकम्पपछिको पुनर्निर्माण परियोजनाको निरीक्षणको डेलिभरी यान्ड एक्सेप्टेन्स प्रमाणपत्र

१७.नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापार सम्बन्धी संयुक्त कार्यदल गठनको समझदारी

१८. नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य निकायबीच सुरुङमार्ग निर्माण सहकार्यको समझदारी

१९. काठमाडौं उपत्यकामा चीनको सहयोगमा महानगरीय खानेपानी सुधार परियोजनाको सम्भाव्यता अध्ययनको बैठकको टिपोट

२०.सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण सम्बन्धी पत्र आदानप्रदान