कैलाली जिल्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्वर १ भुरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी विक थापाको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

असोज २१ गते कुटपिट भएपनि प्रहरीलाई २४ गते मात्रै घटनाको विषयमा जानकारी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

२४ गते विहान अचेत अवस्थामा घरमै भेटिएकी थापालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो ।

नेपालगञ्जबाट उपचार गराएर घर फर्किएकी थापाफेरि उपचारका लागि लम्कीस्थित अस्पतालमा भर्ना भएकी थिइन् ।

थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसंग श्रीमतीलाई भेटेपछि कुटपिट गरेको बस्नेतले बताए ।

कुटपिटमा संग्लन उनलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । दैनिक नेपाल बाट