दम/दमकका युवा ब्यवसायि तथा राजनीतिकर्मी शम्भु भण्डारीले दमकमा आफ्नो पहिचान बनाउदै गएकाछन् । एमालेको युवा राजनीतिमा सक्रिय उनि पछिल्लो समयमा दमक सफल ब्यवसायिको रुपमा चिनिन्छन् ।

तिनै राजनीतिकर्मी तथा ब्यवसायि भण्डारीले मंगलवार आफ्नो ३७ औ जन्मदिन फरक रुपमा मनाएकाछन् । आफ्नो जन्मदिनको अवसर पारि दमक १० का बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग प्रदान गरे । दमक–१० मा रहेको देवेन्द्र स्मृती वाल विकास केन्द्रमा रहेका १५ जना बालबालिकाहरुलाई कापि, पेन्सिल वितरण गरेर एकदिनको खाजा पनि ख्वाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जन्म दिनमा हुने फजुल खर्च कटौती गर्ने बानीको बिकास अब सचेत बर्गले गर्नु पर्ने भन्दै उनले आफूले यहि गरेको जनाए । सानो भएपनि बालबालिकाहरुको शिक्षामा सहयोग गरिएको उनले बताए । स्थानीय देवेन्द्र निरौलाको दुर्घटनामा परि निधन भए पछि उनको स्मृतीमा परिवारको सहयोगमा केन्द्र स्थापना भएको छ ।