झापा, असोज २७ गते ।

झापाको कचनकवल गाउँपालिका-२ केचना बस्ने १८ बर्षीय सौरव ढुङगाना खोलाले बगाएर बेपत्ता भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आईतवार दिउँसो भारतको किशानगञ्जबाट मेला हेरेर फर्किएका सौरव लगाएतका ३/४ जना साथीहरु अपरान्ह ४ बजेको समयमा मेची खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउदा ढुङगाना बेपत्ता भएका हुन् ।

बेपत्ता भएका ढुङगानाको नेपाल प्रहरी, शशस्त्र प्रहरी र भारतिय प्रहरी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।