काठमाडौं/ सत्तारुढ नेकपाको सचिवालय बैठक आज(मंगलबार) अपरान्ह बस्ने भएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सचिवालय बैठक आज ४ बजेका लागि तय भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन केही दिनमै अजरबैजानको बाकु जाने कार्यक्रम रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको भ्रमण तालिका औपचारिक रुपमा सार्वजनिक नभए पनि सो शिखर सम्मेलन आउन अब दश दिन मात्रै बाँकी छ । शिखर सम्मेलन यही २५ र २६ अक्टोबरमा हुँदैछ ।

त्यसअघि परराष्ट्र सचिव स्तरीय वरिष्ठ अधिकारीको बैठक अक्टोबर २१ र २२ मा हुँदैछ भने मन्त्रीस्तरीय तयारी समितिको बैठक अक्टोबर २३ र २४मा हुने कार्यक्रम रहेको छ ।