काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा यही असोज २९ गते म्यानमार भ्रमणमा जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लागेकी हुन्।म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लागेको मन्त्रालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

म्यानमारमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपतिसँग द्विपक्षीय हितका सम्बन्धमा छलफल गर्नेछिन् ।

राष्ट्रपति भण्डारीलाई म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकीले स्वागत गर्ने कार्यतालिका छन् ।

राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसहित रात्रिभोज आयोजना हुनेछ । खबरहब बाट साभार