काठमाडौं/ प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गनुएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लाग्नुभएको हो । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गर्नुभयो । ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोले बतायो ।

शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी ओलीको छ । ओलीले सोमबारै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो । कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्री लालबाबु पाण्डित, बिना मगर, थममाया थापा, मात्रिका यादव, चक्रपाणि खनाल, युवराज खतिवडा, रघुबीर महासेठ र शक्ति बस्ननेतलाई हटाउने प्रस्ताव राख्नुभएको छ ।

ओलीको प्रस्तावमा प्रचण्डले मन्त्री हेरफेर गर्ने विषयमा थप छलफल गनुपर्ने बताउनुभएको बालुवाटार स्रोतले जानकारी दियो ।

ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग जानुभन्दा अघि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी रहेको स्रोतले बतायो ।जनतासमाचारबाट साभार