थाइल्याण्डमा रहँदा कनिका चैसन नाम गरेकी थाई युवतीसँगको सम्बन्धका कारण विवादित बनेका पूर्व युवराज पारस शाहको नाम एक नेपाली यूट्यूबर तथा मोडलसँग जोडिएको छ।

शाहको सोनिका रोकाया नामकी यूट्यूबर तथा मोडलसँग नाम जोडिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दरवारमार्गको एक रेष्टुरेन्टसहितका केही स्थानमा बाक्लैरूपमा एकसाथ देखिन थालेपछि उनीहरूबीच निकटताका बारेमा चर्चा चलेको हो।

यस्तैमा पूर्व युवराज पारसले सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि सो चर्चा थप गर्माएको हो। चर्चाले विशेषगरी सामाजिक संजाल तातिरहेको छ। सेतोपाटी