बिष्णुप्रसाद पोखरेल
दमक/राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचले आयोगले हटाएको बुदालाइ पुन समावेशका लागि गरेको आग्रह निर्वाचन अघि नहुने भएको छ । आयोगले बिज्ञप्ति जारी गरेर निर्वाचनमा ब्यस्त रहेको आयोगलाइ बारम्बार पत्र पठाएर कामलाइ असर पुर्याउने काम नगर्न पनि सचेत गराएको छ । आयोगले बिहिबार बिहानै बिज्ञप्ति जारी गरेर भनेको छ—‘आयोग समक्ष पेश गरेको ज्ञापनपत्रको सम्बन्धमा हाल निर्वाचन आयोग स्थानीय तह निर्वाचनको तयारीको सम्बन्धमा निकै व्यस्त भएको हुँदा उक्त दलबाट पटक–पटक माग भएको विषयलाई हाल थाँती राख्ने र स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्र आयोगले निर्णय गर्ने छ ।’

उपप्रधामन्त्री समेत रहेका पार्टीका अध्यक्ष कमल थापा आफै सरकार र निर्वाचन आयोग बिरुद्ध आन्दोलनमा भइरहेका बेला यो राप्रपालाइ गतिलो झापड भएको कतिपयले बताउन थालेकाछन् । राप्रपाले आफूहरुको माग पुन राख्न दबाब दिने उदेश्यले देशब्यापी आन्दोलन गर्दै आएको छ । अब राप्रपाले के गर्ला चासो उत्पन्न भएको छ ।

निर्णयको व्यहोरा यस प्रकार छ –

“राष्ट्रिय प्रजातन्त्र पार्टीको मिति २०७३।१२।७ को ज्ञापनपत्र यस आयोगमा प्राप्त भई ज्ञापनपत्रमा आयोगबाट मिति २०७३।१२।२ मा पार्टीको विधान परिवर्तन गर्ने गरी भएको निर्णय पुनर्विचार गर्न माग गरिएको विषयमा आयोगमा छलफल भइरहेको जानकारी मिति २०७३।१२।२२ मा गराई सकिएको छ । पुनः मिति २०७४।१।३ मा प्राप्त उक्त पार्टीको पत्रमा पूर्व माग भई आएको विषयमा थप स्पष्टता हुनुपर्ने व्यहोरा उल्लेख भई आएकोमा त्यसप्रति आयोगको ध्यानाकर्षण भएको र स्थानीय तह निर्वाचनको मिति नजिकै आइसकेको र निर्वाचन व्यवस्थापनमा आयोग निकै व्यस्त भएको हुँदा सो मितिमा आयोगबाट भएको निर्णयलाई पुनर्विचार गरिदिन भनी उक्त दलबाट पटक–पटक माग भएको विषयलाई हाल थाँती राख्ने र स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्र आयोगले निर्णय गर्ने व्यहोराको जानकारी सम्बन्धित दललाई दिने ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah