काठमाण्डु,२९असोज–राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी छन् ।
म्यानमार भ्रमणमा जाने क्रममा बुधबार बिहान राष्ट्रपति भण्डारी शीतल निवासदेखि पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेलिकप्टरमा पुगेकी हुन् ।
ट्राफिक व्यवस्थालाई ध्यानमा दिँदै स्थलमार्गको सट्टा हवाइमार्ग प्रयोग भएको एक सुरक्षा अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार भीभआिईपीको सवारीमा सडक दुवैतर्फ बन्द गरेको भन्दै आलोचना हुने गरेपछि ट्राफिक व्यवस्थापनमा समस्या नहोस् भनेर राष्ट्रपति हेलिकप्टरमार्फत एयरपोर्ट गएकी हुन् ।










