भद्रपुर । भद्रपुर नगरपालिका १ बस्ने युवा वैज्ञानिक अनिल प्रधानले जङ्गली हात्ती धपाउने ड्रोन साइरन बनाएका छन् । भद्रपुर लगायत आसपासका क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेपछि युवा वैज्ञानिक प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाएका हुन् ।

भद्रपुरका युवा वैज्ञानिक अनिल प्रधानले ड्रोन साइरन बनाएको हो’, नगर प्रमुख जीवन कुमार श्रेष्ठले भने, अहिले भद्रपुरको १ र २ नम्बर वडामा जङ्गली हात्ती निस्किन थालेपछि हामीले प्रहरी र वन कर्मचारी होइन, अनिलजीलाई खबर गर्न थालेका छौँ ।’ मेयर श्रेष्ठका अनुसार हात्ती आतङ्कका बारे जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा समेत अनिल श्रेष्ठले बनाएको ड्रोन साइरनको बारेमा जानकारी गराइएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अहिले वडा नम्बर १ र २ मा गरिएको प्रयोग सफल भएको छ’ उनले भने, ‘अनिलजी युवा वैज्ञानिकतर्फबाट नेपालको प्रतिनिधित्व गर्दै टर्की भ्रमणमा पनि जाँदै हुनुहुन्छ ।’ हात्ती खेदाउन बनाइएको ड्रोन साइरन प्रभावकारी भइरहेको उनको भनाई छ ।