उत्तरपूर्वी राज्य मेघालयको तुरा हिल्सकी खासी युवतीलाई सिलिगुड तिलक सदुर मोड नजिकैको वेश्यालयबाट कञ्चनजंघा उद्धार केन्द्रले उद्धार गरेको छ।

पीडित १७ वर्षीया युवतीलाई अपहरण गरी आरोपी महिला, उनका पति र उनको भाईले वेश्यावृत्तिमा कार्यमा लगाएका थिए,पीडित युवती कैदमा थिईन् र अनैतिक कार्य गर्न अस्विकार गर्दा उनलाई यातना सँगै डरलाग्दो परिणामको धम्की दिइने गरिन्थ्यो,उद्धार र प्रारम्भिक अनुसन्धान पछि, यो रैकेटमा अधिक केटीहरू संलग्न रहेको पाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुखबिरको गुप्त सूचना पाएर पुलिस र कञ्चनजंघा उद्धार केन्द्रको सहयोगले युवतीलाई वेश्यालयबाट उद्धार गरिएको छ। यस रैकेटमा संलग्न दुई व्यक्ति पक्राऊ परेका छन्।आरोपितहरू विरुद्ध एफआईआर दर्ता गरिएको छ र पीडित युवतीलाई अदालतमा पेश गरिने छ

गोर्खाल्याण्ड 24x7