प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले देखेको सपना र चाहाना अनुसार स्थानीय सरकारको निर्वाचन हुन गइरहेको बताएकाछन् । यो निर्वाचन नेपालमा पहिलो पटक आफूहरुको नेतृत्वमा हुन गइरहेको बताउदै शतप्रतिश बैशाख ३१ मा नै निर्वाचन हुन ढुक्क हुन आग्रह गरेकाछन् । जस्तो सकुै षडयन्त्र र छलछामलाइ पनि छिचोलेर भएपनि निर्वाचन गराइछाड्ने उनले बताए । आफूहरुको नेतृत्वको सरकारले ९ महिनामा जनतामा भिज्ने काम गरेको दाबी गरे ।
आज झापाको बिर्तामोडमा वाइसिएल र अखिल क्रान्तिकारी जिल्ला सम्मेलन उद्घाटन गर्दै प्रचण्डले अहिलेसम्मकै सबैभन्दा मन छुने र स्पष्ट रुपमा आफ्नो बिचार राखेका थिए । प्रधानमन्त्रीले सहभागीलाई विश्वस्त पार्दै भने, ‘तपाईंहरु ढुक्क हुनुस्, हामी जसरी पनि तोकिएकै समयमा निर्वाचन गराई छाड्छौं ।’ प्रधानमन्त्री प्रचण्डले स्थानीय नेता, कार्यकर्ताहरुलाई विना दुविधा जनताको घरमा जान आग्रह गरे । केही दिन अघिमात्रै मुलुकको सुुरक्षाका अधिकारीहरुसँग र निर्वाचन आयोगसँग निर्वाचनका बारेमा छलफल भएको भन्दै प्रचण्डले भने ‘सुरक्षा निकाय र आयोग दुवै निर्वाचका लागि तयार छन् । सबैतिर एकैसाथ निर्वाचन गर्न आयोगले सक्षम रहेको बताएको छ ।’
जनतामा निर्वाचनको लहर आइसकेको बताउँदै प्रधानमन्त्रीले भने, ‘पूर्वदेखि पश्चिमसम्मकै जनतामा लहर आइसकेको छ, जनता अधिकारसम्पन्न हुन चाहन्छन् । अघि बढ्न चाहन्छन् ।’ मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन मोर्चाकै सहमति अनुसार दोस्रो संशोधन विधेयक संसदमा ल्याएको भोलिपल्टै मोर्चाले अस्वीकार गरेर आन्दोलन घोषणा गरेको भन्दै प्रधानमन्त्री आश्चर्य व्यक्त गरे ।
निर्वाचनको महत्वलाई आत्मसाथ गरेर सहभागी नभए मोर्चाका लागि त्यो ऐतिहासिक भुल हुने उनले बताए । मधेसी मोर्चासँग शुक्रबार बिहान फेरि वार्ता राखिएको भन्दै प्रधानमन्त्रीले मोर्चालाई भने, ‘अब अवसर गुम्न नदिनुहोस् ।’ जनताको हातमा अधिकार दिनका लागि नै आफूहरु लडेको र बारम्बार त्याग गरेको भन्दै अब स्थानीय सरकारको निर्वाचनले जनता अधिकार सम्पन्न हुने मात्र बताएनन् अहिले भइरहेको चुनाव गाँउ तथा नगरमा सिंहदरबार स्थपना गर्ने चुनाव भएको उनले बताए । उनले आफूहरुलाइ बहुमत दिए १० बर्ष भित्रमा मूलकलाइ बिकसित बनाउने बताए । आर्थिक बृद्धिदर एकबर्षमा अकल्पनिय भएको भन्दै यो एउटा गतिलो उदाहरण भएको उनको भनाइ छ । (हेर्नुहोस प्रचण्डको अहिलेसम्मकै दमदार भिडियो)
https://youtu.be/B-mqFkLYsAY









