२ कात्तिक । नेपाल घुम्न आएकी एक विदेशी महिलाको भिरबाट लडेर ज्यान गएको छ ।

सोलुखुम्बुको पासाङ ल्हामू गाउँपालिका–५ कोङ्देमा भिरबाट लडेर एक जना विदेशी नागरिकको ज्यान गएकोे छ । पोल्याण्डबाट नेपाल भ्रमणका लागि आएकी २६ वर्षीया पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार बाटो हिंड्ने क्रममा भिरबाट लड्दा घटनास्थलमा नै ज्यान गएको सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय नाम्चेबाट गएको प्रहरी टोलीले शव लुक्ला ल्याएको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् ।