केबि महरा/डोटि

डोटीमा बस दुर्घटनामा परि घाईते हुनेहरुको संख्या १७ पुगेको छ। डडेल्धुराबाट महेन्द्रनगर तर्फ आईरहेको ना ४ ख ८२३५ नम्बरको बस जोरायल गाउँपालिका २ को गरुडमा दुर्घटना हुँदा १७ जना घाईते भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घाईते हुनेमा अमरगढी नगरपालिका ७ का २८ बर्षीय मेख राज जोशी , पाटन नगरपालिका ८ का ३२ बर्षिय सुरेन्द्र बिष्ट , दाङका १८ बर्षिय श्रृष्टि ओली , सुर्नया गाउँपालिका ६ का २३ बर्षिय नरेश चन्द , २२ बर्षिय तारा जोशी, चुरे गाउँपालिका ६ की २५ बर्षिय लक्ष्मी बिक, ४७ बर्षीय कैशिला बिक , ६ बर्षीय अन्जली बिक , धनगढी उपमहानगरपालिका ७ की २२ बर्षिया हिरा चौधरी , ४० बर्षीय धन बहादुर रावल, भिमदत्त नगरपालिका ६ का ६४ बर्षीय जित सिंह साउँद , २२ बर्षीय मनिसा साउँद र वेतकोट नगरपालिका ६ की ३६ बर्षीय ज्ञानु भट्ट रहेका छन । त्यसैगरी बैतडीको मेलौली गाउँपालिका ६ का ३७ बर्षीय दान सिंह बिष्ट , मेलौली गाउँपालिका ८ का १३ बर्षीय मिलन बिष्ट र डडेल्धुराको भागेस्वर गाउँपालिका ८ की ८४ बर्षीय पशुपती पनेरु रहेका छन् । दुर्घटनामा घाईते भएकाहरुको अत्तरिया स्थित पद्यमा अस्पतालमा उपचार भैरहेको छ । घाईतेमद्ये ६ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ । बसमा सवार यात्रुको संख्या २५ रहेको थियो। बस अनियन्त्रित भइ सडकबाट १० मिटर तल खेतमा खसेको थियो ।