भरत केसी/उडिसा(भारत), ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार र सशक्तीकरणका लागि हाम्रो समाजमा जागरुकता र सामाजिक चेतना जागृत हुनुपर्ने बताएका छन् ।

मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले भ्रमणको चौथो दिन विहीबार उडिसा राज्यको राजधानी भुवनेश्वरमा मिसन शक्ति नामक संस्थाद्वारा आयोजित महिला सशक्तीकरण विषयको समारोहलाई सम्बोधन गर्दै महिला सशक्तीकरणका लागि समाजमा समष्टिगत विकासका वस्तुगत आधार निर्माण गर्नाका साथै अवसरको सिर्जना र बहुक्षेत्रीय दृष्टिकोण हुनुपर्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले उडिसा सरकारको पहलमा मिसन महिला सशक्तीकरण कार्यक्रमले महिला तथा बालबालिकाको ओसारपसार नियन्त्रण गर्ने, पीडितको उद्धार सहज गर्ने, पुनःस्थापना सेवा प्रदान गर्ने तथा सीमापारका पीडितलाई स्वदेश फर्काउने लक्ष्यसहित काम अगाडि बढाएको आफूले जानकारी पाउँदा खुसी लागेको समेत बताइन् ।

उनले महिला अधिकार तथा सशक्तीकरणको सुनिश्चितता नगरेसम्म महिला तथा बालबालिकाको अवैध ओसारपसार जस्ता सामाजिक दुष्कर्म जारी रहने भएकाले यस्ता गलत खालका गतिविधिले हाम्रो परिवार, समाज र राष्ट्रले कहिल्यै प्रगति र समृद्धि हासिल गर्न नसक्ने बताइन् । उनले भनिन्, ‘महिलालाई सक्षम बनाउन हामीले निरन्तर पाइला चाल्नुपर्छ जसका लागि राष्ट्रिय जीवनका हरेक क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व हुनुपर्छ ।’

राष्ट्रपति भण्डारीले दक्षिण एसियामा अझैलपनि आर्थिक, राजनीतिक, प्रशासनिक,र सामाजिक संरचनामा महिलाको प्रतिनिधित्व न्यून रहेको उल्लेख गर्दै भनिन्, ‘मानवको अवैध ओसारपसार, बलात्कार र भ्रुण हत्या जस्ता अपराधले शान्ति र सभ्यतालाई चुनौती दिएका छन् ।’

राष्ट्रपति भण्डारीले नेपालको संविधानले समानुपातिक समावेशितामा आधारित प्रतिनिधिमूलक शासन व्यवस्था अपनाएर सीमान्तकृत तथा पिछडिएका समुदायको सशक्तीकरणका लागि विशेष व्यवस्था गरेको समेत प्रस्ट पारिन् ।

त्यस अवसरमा शान्ति तथा पुनःस्थापनामन्त्री सीतादेवी यादव, सांसद, राष्ट्रपतिका परराष्ट्रविज्ञ डा मदनकुमार भट्टराई, सञ्चारविज्ञ माधव शर्मा, प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, राष्ट्रपति भण्डारीकी सुपुत्री उषाकिरण नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरी, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलगायतको सहभागिता रहेको थियो ।

लिङ्गराज मन्दिरमा पूजा
राष्ट्रपति भण्डारीले विहीबार यहाँस्थित लिङ्गराज मन्दिर पुगेर दर्शन तथा पूजाआजा गरिन् । राष्ट्रपति भण्डारी आफ्ना सम्मानमा विहीबार साँझ उडिसा राज्यका राज्यपालले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भइन् । राष्ट्रपति भण्डारीको शुक्रबार पुरीस्थित जगन्नाथ मन्दिर पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah